प्रसिद्ध खेलाडीको नाम लिएर १० लाख येन ठगि गरेको अभियोग
प्रसिद्ध खेलाडीको नाम लिएर १० लाख येन ठगि गरेको अभियोगमा जापानमा दुई नेपाली पक्राऊ
Lokmani Rijal
देश पोष्ट /जापान । अमेरिकी मेजर लिग बेसबल टिम डोजर्सका प्रसिद्ध खेलाडीको नाम लिएर १० लाख येन ठगि गरेको अभियोगमा जापानमा दुई नेपाली पक्राऊ परकाछन् । प्रसिद्ध बेसबल खेलाडी ओतानी शोहेइको नाममा नक्कली परिचय बनाएर एक जापानी ८० वर्षीया वृद्धालाई १० लाख येन ठगी गरेको अभियोगमा जापानको टोकियोस्थित ताकानावा प्रहरी कार्यालयले नेपाली नागरिक बाबुछोरालाई हिजो २४ जुनमा पक्राउ गरेको जापानी संचार माध्यमहरुले खबर प्रकाशन भएका छन् । प्रहरीका अनुसार ती बाबुछोरा र अन्य केही व्यक्तिहरू मिलेर वृद्धालाई “म विश्वकै नम्बर १ व्यक्ति भएको छु, त्यसकारण मलाई बीमा शुल्क तिर्न धेरै
















