प्रहरी प्रमुख पाण्डे निलम्बित
बालेन्द्र शाहका प्रिय पात्र प्रहरी प्रमुख पाण्डे निलम्बित
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका प्रिय पात्रका रुपमा चर्चामा रहेका महानगरिय प्रहरी बलका प्रमुख राजु पाण्डेलाई महानगरले निलम्बन गरेको छ । महानगरपालिकाका कार्यकारी प्रमुख सरोज गुरागाईँले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेको जानकारी प्राप्त भएको छ । गत चैत २१ गते कार्यालयमा हाजिर हुने क्रममा हुलहुज्जत गरेको भन्दै पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले स्पष्टीकरण सोधेका थिए । पाण्डेले चित्तबुझ्दो जवाफ नदिएपछि ६ महिनाको लागि निलम्बन गरिएको स्रोतको भनाइ छ । महानगरका उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई उपेक्षा गर्दै आएको महानगरका प्रमुख बालेन्द्र शाहको
















