फिलिपिन्समा आँधीका कारण १४ लाख ६० हजार परिवार प्रभावित
फिलिपिन्समा आँधीका कारण १४ लाख ६० हजार परिवार प्रभावित ज्यान गुमाउनेको सङ्ख्या ३०
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । फिलिपिन्समा आँधीसँगैको वर्षा, बाढी र पहिरोका कारण १४ लाख ६० हजार परिवार प्रभावित ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्यो । फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले तीमध्ये १३ जनाको ज्यान गएको पुष्टि भइसकेको र अरूको पहिचान प्रक्रिया चलिरहेको जनाएको छ । सात जना अझै हराइरहेका छन् । उनीहरु एक्कासी आएको बाढीले बगाएको र केही पहिरोमा पुरिएको आशङ्का गरिएको त्यहाँको विपद् परिषद्लाई उद्रीत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । मौसम विज्ञान विभागले लुजोन टापुको केही भागमा अझै केही दिन ठूलो वर्षा हुनसक्ने पूर्वानुमान गरेको
















