फुटसल प्रतियोगिता
एमाले कोशी प्रदेश सम्पर्क कमिटीकाे फुटसल प्रतियोगिता सम्पन्न, खोटाङ सम्पर्क मञ्च तेस्रो
Lokmani Rijal
देश पोष्ट /काठमाडौं । सत्तारुढ दल नेकपा एमाले कोशी प्रदेश सम्पर्क कमिटी युवा विद्यार्थी तथा खेलकूद विभागले काठमाडौंमा आयोजना गरेको मैत्रिपुर्ण फुटसल रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । दशैं, तिहार, छठ पर्वको अवसर पारी स्वास्थ्यका लागि खेलकुद,राष्ट्रको लागि खेलकुद भन्ने मूल नाराका साथ आयोजना गरेको फुटसल प्रतियोगितामा १४ जिल्लाबाट १६ टिमले सहभागिता जनाएका थिय । धन्वन्तरी फुटसल भत्केपुलमा बिहान ७ः०० बजे नेकपा एमाले सम्पर्क समन्वय इन्चार्ज लालबाबु पण्डितले उद्घाटन गर्नु भएको खेलमा नेकपा एमाले खोटाङ काठमाण्डौं सम्पर्क मञ्चले पहिलो सेटमा सोलुखुम्बु सम्पर्क मञ्चलाई ३–० र दोस्रोमा इलाम सम्पर्क मञ्चलाई
















