फेवातालको ६५ मिटर मापदण्ड कायम गर्न
फेवातालको ६५ मिटर मापदण्ड कायम गर्न पिल्लर गाड्न थालियो ।
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । पोखराको फेवातालको उच्च बहाव हुँदाको विन्दुलाई आधार बनाएर ६५ मिटर मापदण्ड कायम गर्न पिल्लर गाड्ने काम थालिएको छ । २०८० साल मङ्सिर १३ गते गठित फेवातालको मापदण्ड कार्यान्वयन सहजीकरण समितिका संयोजक तथा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारीले पिल्लर गाडेर अभियानको थालनी गर्नुभएको थियो । सर्वोच्च अदालतको आदेशबमोजिम मापदण्ड कायम गर्न पोखरा महानगरको प्राविधिक टोलीले गरेको अध्ययन प्रतिवेदन अनुसार तालले ओगटेको क्षेत्रफलमा १ हजार २ सय रोपनी क्षेत्रफल बढेको छ । फेवातालको सीमा १ हजार ५५ वटा भौतिक
















