फोक्सिङटार–धाप्लाङघाट’ सडक निर्माण कार्य शुरु
फोक्सिङटार पुल बगाएपछी ‘फोक्सिङटार–धाप्लाङघाट’ सडक निर्माण कार्य शुरु
Lokmani Rijal
देश पोष्ट /खोटाङ । जिल्लाको खोटाङ र उदयपुर जोड्ने फोक्सिङटार पुल बगाएपछी ‘फोक्सिङटार–धाप्लाङघाट’ सडक निर्माण कार्य शुरु भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आँपटारको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पुलको विकल्पको रुपमा प्रयोग गर्नका लागि उक्त सडक निर्माणको काम शुरु गरिएको हो । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको रु एक करोड २० लाखमा पूरा हुने सडक पहिलो चरणमा रु ४५ लाखबाट निर्माण शुरु गरिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–३ साउनेचउरको लामाचउरमा शनिबार आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईले
















