बंगलादेशमा
शेख हसिनाले देश छाडेपछि ठुलो मात्रामा लुटपाट र आगजनीका घटना
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । बंगलादेशमा सरकारी जागिरमा आरक्षणको विरोधमा गत जुलाई महिनादेखि देशका विद्यार्थीहरूले प्रदर्शन गरिरहेकोमा आइतबार जनसागर उर्लिएपछी शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि धेरै सहरमा ठुलो मात्रामा लुटपाट र आगजनीका घटना भएका छन् । बंगलादेशमा आइतबार ठुलो मात्रामा हिंसा भड्किएको थियो र त्यसमा करिब ९० जनाको मृत्यु भएको थियो भने प्रहरीले सोमबार २० जनाको मृत्यु भएको पुष्टि गरेको थियो । ढाकामा जनताको भीड सडकमा उत्रिएपछी प्रधानमन्त्री निवास सहित धेरै सरकारी भवनहरुमा तोडफोड भएकाछन् । तस्बिरमा प्रधानमन्त्रीको कार्यालयबाट सामान बोकेर हिँडेको पनि देखिएको छ । जबकि प्रदर्शनकारीहरू निवासमा सोफामा
















