बस
गुडिरहेको बसमा आगलागी
Lokmani Rijal
देशपाेष्ट/काठमाण्डाैं । दाङकाे तुलसीपुरबाट नेपालगञ्जका लागि छुटेको रा १ ख २३७४ नम्बरको बसमा साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बखरियामा आगो लागेको हो। बसका चालक पतिराम चौधरीले बसमा एकाएक आगो देखिएपछि बस रोकेर यात्रु झारेको जानकारी दिए। ‘बसमा १२-१३ जना यात्रुहरू हुनुहुन्थ्यो,’ चालक चौधरीले भने ‘एकाएक आगो बलेपछि मैले सबै यात्रुलाई नआत्तिएर एक एक गरि झर्न सुझाए र कुनै मानविय क्षति भएन।’ चालक चौधरीले बसमा पुरै आगो दन्किएको र आगो निभाउनका लागि बारुण यन्त्रलाई खबर गरेपनि आइनपुगेको बताए। ‘बस त सबै ध्वस्त भइसक्छ जस्तो छ,’ चौधरीले भने ‘अब
















