बागमती प्रदेशमा
बागमती प्रदेशमा आठ जना मन्त्रीहरुद्वारा पद तथा गोपनीयताको शपथग्रहण
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा आठ जना मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्यमन्त्रीमा नियुक्त बानियाँले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट पद तथा गोपनीयताको शपथग्रहण गरेलगत्तै सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का छ जना र कांग्रेसबाट दुई गरी आठ जनालाई मन्त्रीमा नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्री बानियाँको सिफारिसमा एमालेका मधुसुदन पौडेल कृृषि तथा पशुपंक्षी विकासमन्त्री, डा दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार विकासमन्त्री, जयराम थापा श्रम रोजगार तथा यातायातमन्त्री, भरतबहादुर केसी वन तथा वातावारणमन्त्री, किरण थापा स्वास्थ्यमन्त्री र विन्दु श्रेष्ठ उद्योग, वाणिज्य,
















