बाजुरामा भीषण आगलागी
बाजुरामा भीषण आगलागी, ४० वटा पसल जलेर नष्ट
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । बाजुराको बुढीगङ्गा नगरपालिका ६ मा पर्ने बाम्का बजारमा हिजो दिउँसो ग्यास सिलिण्डर पड्किँदा भीषण आगलागी भएको छ । दमकल नभएको र हावाहुरी पनि चलेका कारण आगो समयमै निभाउन नसकिएको बेलुकी मात्रै नियन्त्रणमा आएको बुढीगङ्गा नगरपालिकाका मेयर रामबहादुर बानियाँको भनाई रहेको छ । बजारको एउटा होटलमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किएर भएको आगलागीबाट ४० वटा पसल जलेर नष्ट भएको छ । विस्थापित परिवार छिमेकीकोमा आश्रय लिएर बसेका छन् । आगलागीका कारण फाइबर इन्टरनेट र विद्युत् सेवा अवरुद्ध भएका छन् । पालिकाका जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका नेतासहितको
















