बिना इजाजत क्यासिनोले विदेशी मुद्राको कारोबार गर्न नपाउने
बिना इजाजत क्यासिनोले विदेशी मुद्राको कारोबार गर्न नपाउने
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । बिना इजाजत क्यासिनोले विदेशी मुद्राको कारोबार गर्न नपाउने नेपाल राष्ट्र बैंकले ब्यबस्था गरेको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९को दफा ३ अनुसार इजाजत लिएरमात्र विदेशी विनिमयको कारोबार गर्नुपर्ने प्रावधानअनुसार नै नयाँ प्रबन्ध गरिएको जनाएको छ । विदेशी विनिमयका सम्बन्धमा विभिन्न विनियमावली जारी भएको स्मरण गराउँदै केन्द्रीय बैंकले क्यासिनोलाई विदेशी विनिमयको कारोबार गर्न इजाजत प्रदान गर्ने स्म्बन्धमा नयाँ व्यवस्था गरिएको हो । क्यासिनोलगायतका संस्थाले इजाजत लिएर विदेशी विनिमय (भारतीय मुद्रा समेत)को कारोबार गर्नु गराउनुपर्ने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ । भुक्तानी
















