बेपत्ता छानबिन र मेलमिलाप आयोगका अध्यक्ष
बेपत्ता छानबिन र मेलमिलाप आयोगका अध्यक्षले गरे शपथ ग्रहण
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गड्तौला र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष महेश थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ । मन्त्रिपरिषद्को बैठकले यही जेठ १ गते दुवै आयोगका लागि अध्यक्ष तथा सदस्यहरू नियुक्त गरेकाले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सर्वोच्च अदालतमा हिजो एक कार्यक्रमका बिच दुवै आयोगका अध्यक्षहरूलाई शपथ गराउनुभएको हो । कार्यक्रममै दुवै आयोगका अध्यक्षहरूले आ–आफ्ना आयोगका सदस्यलाई पनि शपथ गराउनुभयो । सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्षमा थापा तथा सदस्यमा अच्युतप्रसाद भण्डारी, डा. टीकाप्रसाद ढकाल, पदमबहादुर शाही र कुमारी
















