ब्रिटिस गोर्खा वेल्फेयर
वाप्लुखामा ब्रिटिस गोर्खा वेल्फेयरले बनाइदियो भूकम्प प्रतिरोधी विद्यालय भवन
Lokmani Rijal
देश पोष्ट /खोटाङ । जिल्लाको खोटेहाङ गाउँपालिका–२ वाप्लुखा स्थीत समाजकाली आधारभूत विद्यालयको लागि ब्रिटिस गोर्खा वेल्फेयरले ३ कोठे भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण गरिदिएको छ । वाप्लुखास्थित मुखिताङमा सञ्चालित समाजकाली आधारभूत विद्यालयका लागि रु २१ लाख ४३ हजार ४२६ लगानीमा तीनकोठे विद्यालय भवन निर्माण गरिएको हो । ब्रिटिस गोर्खा वेल्फेयरको रु १७ लाख तथा स्थानीय उपभोक्ताको रु चार लाख ४३ हजार ४२६ बराबरको जनश्रमदानमा तीनकोठे भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण गरिएको प्रधानाध्यापक नयन्द्रकुमार राईले जानकारी दिनुभयो । नवनिर्मित भूकम्प प्रतिरोधी विद्यालय भवन खोटेहाङ गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ र ब्रिटिस
















