भजपा र एनडीए
भाजपा र एनडीए ले मौजुदा सत्ता जोगाउन पनि संघर्ष गर्नुपर्ने
Lokmani Rijal
देश पोष्ट /काठमाडौ । भारतको तल्लो सदन लोकसभाको १८ औँ निर्वाचनमा भाजपा र एनडीए ले मौजुदा सत्ता जोगाउन पनि संघर्ष गर्नुपर्ने देखिएको छ । भारतभरिमा कुल ५४३ सिट रहेको लोकसभामा सत्तारुढ भाजपाबाट प्रधानमन्त्री मोदीसहित २४१ सांसद निर्वाचित भएका छन् । यो संख्या भाजपालाई एकल दलको सरकार बनाउन पर्याप्त छैन । भाजपा नेतृत्वको गठबन्धन एनडीएले कुल २९३ सिट जितेको छ । यी सबै सिट दुरुस्त रहेमा भाजपालाई बहुमतको सरकार बनाउन कठिन हुने छैन । अघिल्लो लोकसभा चुनावमा भाजपा एक्लैले ३०३ सिट जितेको थियो र यो संख्या एक्लै सरकार बनाउन पर्याप्त थियो
















