भट्ट
भट्ट, अग्रवाल र गोल्छा सहित ४२ जना विरुद्ध तीन वटा अदालतमा एकैपटक मुद्दा दायर
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । सम्पत्ति शुद्धीकरणको मुद्धामा अनुसन्धानमा रहेका दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छा लगायत ४२ जना विरुद्ध तीन वटा अदालतमा एकैपटक हिजो मुद्दा दायर भएको छ । हिजो जिल्ला अदालत काठमाण्डौ, उच्च अदालत पाटन र विशेष अदालतमा छुट्टाछुट्टै मुद्दा दायर भएको हो । जिल्ला अदालत काठमाण्डौमा बीमा ऐन, २०७९ अन्तर्गत आर्थिक हिनामिना गरेको अभियोगमा गोल्छा, भट्ट, अग्रवालसहित ४२ जनाविरूद्ध मुद्दा दायर भएको छ । यसैगरी धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसारको कसुरमा ८१ जना जनाविरूद्ध पनि जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण विभागले भट्ट र
















