भारतद्धारा पाकिस्तानी नागरिकलाई भिसा बन्द
भारतद्धारा पाकिस्तानी नागरिकलाई भिसा बन्द, ४८ घण्टाभित्र देश छाड्नुपर्ने चेतावनी
Lokmani Rijal
देश पोष्ट /जापान । भारतको जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानी नागरिकलाई भिसा बन्द गर्ने र ४८ घण्टाभित्र देश छाड्नुपर्ने चेतावनी दिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) को बैठकमा पाँच प्रमुख निर्णयहरू लिइएको हो । बैठकले सिन्धु जल सम्झौता रोक्ने निर्णय गरेको छ भने अटारी सीमाबाट पनि आवतजावत रोक लगाएको छ । यसैगरी पाकिस्तानीहरूको लागि भिसा तत्काल लागू हुने गरी प्रतिबन्ध लगाइएको छ । उनीहरूलाई ४८ घण्टा भित्र देश छोड्न भनिएको छ । अर्को निर्णय नभएसम्म कुनै पनि पाकिस्तानी नागरिकलाई भारतीय भिसा
















