भूकम्प आउने हल्ला मात्र भएको
जापानको मौसम विभागका महानिर्देशक रियोइचि द्धारा भूकम्प आउने हल्ला मात्र भएकोले नागरिकहरूलाई संयमित हुन आग्रह
Lokmani Rijal
देश पोष्ट /जापान । जापानको मौसम विभागका महानिर्देशक रियोइचि द्धारा भूकम्प आउने हल्ला मात्र भएकोले नागरिकहरूलाई संयमित हुन आग्रह गरेकाछन् । महानिर्देशक रियोइचि नोमुराले शुक्रबार एक पत्रकार सम्मेलनमा यस गर्मी याममा जापानमा ठूलो भूकम्प आउनसक्ने भनी फैलिएको व्यापक अफबाह असत्य र वैज्ञानिक आधारविहीन भएको बताएका छन् । नोमुराले विज्ञानले हालसम्म कुनै पनि भूकम्पको समय, स्थान वा परिमाण ठ्याक्कै भविष्यवाणी गर्न नसक्ने बताउँदै हल्लाको पछि नलाग्न आग्रह गरेका हुन् । उक्त हल्ला विशेषगरी हङकङ र अन्य एशियाली शहरहरूमा फैलिएको छ, जसले जुलाई महिनामा जापानमा ठूलो भूकम्प वा सूनामी आउने डर फैलाएको
















