मधेश प्रदेश
मधेश प्रदेश लोक सेवा आयोगको अध्यक्षमा यादव नियुक्त ।
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । मधेश प्रदेशले प्रदेश लोक सेवा आयोगको अध्यक्षमा शिवराम यादव लाइ नियुक्त गर्ने भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यादवलाई मधेश लोक सेवा आयोगको अध्यक्षमा नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष सिफारिस गरेका छन् । मुख्यमन्त्रीले सिफारिस पठाउन ढिलो गरेका कारण उनको नियुक्ति र शपथग्रहण प्रदेश प्रमुखले आजै गराउने तयारी रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । ५७ वर्षीय यादव सिरहाको सिरहा नगरपालिका वडा नम्बर १३ गमहरिया निवासी हुन् । उनले सिंघानिया युनिभर्सिटी भारतबाट पीएचडी गरेका छन् । उनी सडक विभागको हेबी इक्विपमेन्ट डिभिजन
















