मधेस सरकारबाट
मधेस सरकारबाट बाहिरियो एकीकृत समाजवादी
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । मधेसमा जसपा नेपालको सरकार ढालेर जनमतको नेतृत्वमा नयाँ सरकार बनाउन एमाले, माओवादी केन्द्रसहित तीन दलले लिखित सहमति गरेपछी नेकपा (एकीकृत समाजवादी) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । एकीकृत समाजवादीका दुई जना मन्त्रीहरू भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले मुख्यमन्त्री सरोजकुमार यादवालाई राजीनामा बुझाएका छन् । यस अघि नेकपा एसको संसदीय दलको बैठक बसेको थियो। दलको बैठकले सरकारबाट हट्ने निर्णय गरे लगतै मुख्यमन्त्री समक्ष राजीनामा दिन गएका मन्त्रीहरूले मुख्यमन्त्रीलाई राजीनामा बुझाएका हुन् । नेकपा एमाले र माओवादी केन्द्रले
















