मध्याबधी चुनाबको घोषणा
राष्ट्रपतिद्वारा मध्याबधी चुनाबको घोषणा ।
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसअनुसार प्रतिनिधिसभा विघटन गरी मध्यावधी चुनाबको घोषणा गर्नु भएको छ । राष्ट्रपति कार्यालयले शुक्रबार राति १ बजेर ५० मिनेटमा संसद भंग र नयाँ निर्वाचन मितिको घोषणासहित विज्ञप्ति जारी गरेको हो । जारी बिज्ञप्ती अनुसार नयाँ निर्वाचन लागि आगामी कात्तिक २६ र मंसिर ३ मा हुनेछ । संविधानको धारा ७६–५ अनुसार सरकार गठन हुन नसकेपछि धारा ७६–७ अनुसार निर्णय गर्नुपर्ने भएकाले राष्ट्रपतिसमक्ष मन्त्री परिषदले सिफारिस गर्ने निर्णय गरेको थियो । उक्त सिफारिसबमोजिम वर्तमान प्रतिनिधिसभा विघटन गरी अर्को प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा गर्ने गरी
















