महँगी तीव्र
जापानमा मुद्रास्फीति वृद्धि, महँगी तीव्र
Lokmani Rijal
देश पोष्ट /जापान । जापानमा मुद्रास्फीति वृद्धि भएपछी उपभोक्ता मूल्यको सूचक (सीपीआई) अप्रिल महिनामा वार्षिक ३.५ प्रतिशतले वृद्धि भएको छ। जपान सरकारद्वारा विद्युत तथा ग्यासमा दिइने अनुदान कटौती र चामलको मूल्य उच्च भएको कारण यो वृद्धिदर सन् २०२३ को जनवरी यता सबैभन्दा उच्च हो । सरकारले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार, मुलुकभरको कोर उपभोक्ता मूल्य सूचकांक मार्चमा ३.२ प्रतिशतले बढेको थियो भने अप्रिलमा सो दर ३.५ प्रतिशत पुगेको हो । यो दर सन् २०२२ को अप्रिलदेखि लगातार जापानको केन्द्रीय बैंक (बैंक अफ जापान ) को २ प्रतिशत लक्ष्यभन्दा माथि रहँदै आएको
















