महंगी ब्यबस्थापनका लागि तलब वृद्धि गर्ने
महंगी ब्यबस्थापनका लागि तलब वृद्धि गर्ने जापानी प्रधानमन्त्रीको प्रतिवद्धता
Lokmani Rijal
देश पोष्ट /जापान । जापानी प्रधानमन्त्री शिगेरु इशिबाले आफ्नो कार्यकालको पहिलो मे डे कार्यक्रममा जापानमा बढ्दो महँगी ब्यवस्थापनका लागि तलब वृद्धि गराउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । जापानी ट्रेड युनियन महासंघ (रेङ्गो) द्वारा टोकियोमा आयोजित मे डे केन्द्रीय सम्मेलनलाई सम्बोधन गर्दै मूल्य वृद्धिले दबाब नपर्ने किसिमको तलब वृद्धि सुनिश्चित गर्ने प्रतिबद्धता ब्यक्त भएको हो । प्रधानमन्त्री इशिबाको नेतृत्वमा रहेको सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) हालका दिनमा रेङ्गोसँग नजिकिएको छ । यसै महिना प्रधानमन्त्री र रेङ्गो अध्यक्षबीच १६ वर्षपछि पहिलो नीति संवाद भएको थियो । रेङ्गोकी अध्यक्ष तोमोको योशिनोले पनि
















