महिला फुटबल
बुइपामा दुई लाख राशिको कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता हुने ।
Lokmani Rijal
देश पोष्ट /खोटाङ । खोटाङको बुइपामा रहेको यलम्बर रङ्गशालामा भोली असार–२० देखि २५ गते सम्म कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास बोर्डको रु २० लाख सहयोग तथा जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजनमा प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ । जिल्लामा पहिलो पटक आयोजना गर्न लागिएको प्रतियोगिताको विजेताले रु दुई लाख र उपविजेताले रु एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा वेष्ट गोलकिपर, वेष्ट डिफेण्डर, वेष्ट
















