मातृ छ्हारीद्धारा १०१ बर्षिय ज्येष्ठ नागरिकलाई सम्मान
मातृ छ्हारीद्धारा १०१ बर्षिय ज्येष्ठ नागरिकलाई सम्मान
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । मातृ छहारी संस्थाद्धारा नेपालीहरुको कृषि पर्व धान दिवसको अवसर पारेर हिजो असार १५ गते १०१ बर्षिय कृष्णकुमारी पराजुलीलाई सम्मान गरेको छ । काठमाण्डौं जिल्ला प्रशासन कार्यालयमा २०७८ सालमा दर्ता भई बुढानिलकण्ठमा कृयाशिल गैर सरकारी संस्था मातृछहारी द्धारा समाजका ज्येष्ठ नागरिक पराजुलीको जन्मदिनको अवसरमा दोसल्ला ओढाएर सम्मान गरेको संस्थाको उपाध्यक्ष प्रतिमा बिष्टले जानकारी गराउनु भएको छ । महिला,वालवालिका र ज्येष्ठ नागरिकहरुको समाजमा हुने बिभिन्न किसिमका हिंसा तथा विभेदलाई न्युनिकरण गर्न अबिभाबक अभिमुखीकरण कार्यक्रम मार्फत ५५ जना लाई सहभागी गराएको उपाध्यक्ष बिष्टको भनाई रहेको छ । दिदीबहिनी हरुको
















