मानविकी विशेषज्ञ भिसामा आएकाहरुको सम्भावित दुर्ब्यबहार रोक्न कदम चाल्ने
जापानले इन्जिनियर, मानविकी विशेषज्ञ भिसामा आएकाहरुको सम्भावित दुर्ब्यबहार रोक्न कदम चाल्ने
Lokmani Rijal
देश पोष्ट /जापान । जापानले इन्जिनियर, मानविकी विशेषज्ञ भिसामा आएकाहरुको सम्भावित दुर्ब्यबहार रोक्न कदम चाल्ने भएको छ । जापानको अध्यागमन विभागले विशेष प्रकारका भिसा लिएर अस्थायी स्टाफिङ एजेन्सीमार्फत काम गर्ने विदेशी कामदारहरूलाई उनीहरूको विशेषज्ञता विपरीत सामान्य श्रममा लगाइएको तथ्य पत्ता लागेपछि विभागले यस्तो कदम चाल्न लागेको हो । इन्जिनियर, मानविकी विशेषज्ञ तथा अन्तर्राष्ट्रिय सेवामा संलग्न व्यक्तिलाई दिइने यो भिसाले जापानमा लामो समयसम्म काम गर्न अनुमति दिन्छ, जसमा नवीकरणको कुनै सीमा हुँदैन । सन २०२४ को अन्त्यसम्म यो भिसा पाउने विदेशीहरूको संख्या ४ लाख १० हजार पुगेको छ, जसमा करिब १० प्रतिशत
















