मिर्चैयाबाट दिक्तेलतर्फ आउँदै गरेको ट्रक सहचालकको रगत वान्ता गरी मृत्यु
मिर्चैयाबाट दिक्तेलतर्फ आउँदै गरेको ट्रक सहचालकको रगत वान्ता गरी मृत्यु
Lokmani Rijal
देश पोष्ट /खोटाङ । मिर्चैयाबाट दिक्तेलतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०८०२ नम्बरको ट्रकमा सवार सवार सहचालकले रगत वान्ता पछि मृत्यु भएको जानकारी प्राप्त भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान ऐसेलुखर्कस्थित सडकमा सवार ट्रकका सहचालक उदयपुर कटारी नगरपालिका–३ सिम्लेका ३२ वर्षीय जीवन बरुवालको मृत्यु भएको हो । बरुवाललाई मंगलबार साँझ ५ बजेर ५० मिनेटमा अचानक गाह्रो भएको भनि चालकलाई भनेपछि चालकले ट्रक रोकेपछि ओर्लिएर सडकको नालीमा रगत वान्तागरी घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शवको कानूनी प्रक्रिया पूरा गरी पोष्टमार्टम गर्न कटारी अस्पताल उदयपुर पठाईएको
















