मुकुल ढकाललाई महामन्त्रीबाट निलम्बन
एक हप्ताको लागि डा.मुकुल ढकाललाई महामन्त्रीबाट निलम्बन
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हिजो बसेको पार्टी केन्द्रीय समितिको बैठकले महामन्त्री डा. मुकुल ढकाललाई पार्टी अनुशासनविपरीत काम गरेको भन्दै सात दिन निलम्बन गर्ने निर्णय गरेको छ । बैठकले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र मनीष झालाई प्रवक्ता तोकेको छ । ढकाललाई दिइएको निलम्बनको पत्रमा पार्टी अनुशासन विपरीत बैठकमा अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिएको उल्लेख छ । ढकालले भने आफूलाई स्पष्टीकरणको मौकासमेत नदिएको तथा राजनीतिक दलसम्बन्धी ऐन र प्रचलित लोकतान्त्रिक अभ्यास अनुरूप कारबाही भएको बताउनुभएको
















