मुग्लिन–नारायणगढ सडक पहिरो पन्छाउन नसक्दा यात्रु दुई रातदेखी सडकमै अलपत्र
मुग्लिन–नारायणगढ सडक पहिरो पन्छाउन नसक्दा यात्रु दुई रातदेखी सडकमै अलपत्र
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । मुग्लिन–नारायणगढ सडक पहिरो पन्छाउन नसक्दा यात्रु दुई रातदेखी सडकमै अलपत्र परेकाछन् । गत शुक्रवार बेलुकीदेखि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक अझै खुलेको छैन । मुग्लिन नजिकै पर्ने तुईन खोलामा फराकिलो पुल बनाउन पहाड काटेको ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । शुक्रबार खसेको पहिरो पन्छाउन नभ्याउँदै हिजो बिहान फेरि अर्को ठूलो पहिरो खसेको छ । लगातार पहिरो खसेका कारण सडक खुलाउन नसकिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । सडक खुल्न नसक्दा अस्ति बेलुकीदेखि नै गाडी सडकमै रोकिएका छन् । गन्तव्यमा हिँडेका सयौं यात्रु दुई रातसम्म
















