‘मोहर’ र ‘सिटामोल’को अग्रिम टिकट बिक्री सुरु
‘मोहर’ र ‘सिटामोल’को अग्रिम टिकट बिक्री सुरु
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । आगामी शुक्रबारबाट दुई नेपाली फिल्म ‘मोहर’ र ‘सिटामोल’ एकसाथ प्रदर्शनमा आउँने भएकाले गत मंगलबारबाटै दुवै फिल्मको अग्रिम टिकट बिक्री सुरु भइसकेको छ । खल्ती एपमा हेर्दा शो संख्यामा ‘मोहर’ अगाडि देखिन्छ । बुधबार दिउँसो साढे १ बजेसम्म फिल्मलाई देशव्यापी करिब ७० शो प्राप्त छ । त्यस्तै, ‘सिटामोल’ले देशव्यापी ६० हाराहारी शो पाएको देखिन्छ । अझै थुप्रै हलमा बुकिङ खुल्न बाँकी रहेकाले दुवै फिल्मको शोमा केही वृद्धि हुनेछ । अब यी दुवै फिल्मलाई सबैभन्दा ठूलो चुनौती भनेको दर्शकको उपस्थितिले प्राप्त शोहरू बचाइराख्नु हो । ‘मोहर’ र ‘सिटामोल’
















