मौषम बदली
आज दिउँसो देशभर आंशिकदेखि साधरणतया मौषम बदली रहने सम्भावना
Lokmani Rijal
देश पोष्ट /काठमाडौँ । लगातारको मौषममा आएको परिवर्तनका कारण आज दिउँसो देशभर आंशिकदेखि साधरणतया मौषम बदली रहने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौषममा आएको परिवर्तनका कारण दैनिक जसो बर्षात,हावाहुरी र चट्याङ् पर्ने सम्भावना भएकाले सजग रहन महाशाखाले भनेको छ , अहिले कोसी र मधेस प्रदेशका एक दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने बताएको छ । कोसी, मधेस प्रदेशलगायत पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एक दुई स्थानमा चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ
















