म्यानमारका भुकम्प पिडितलाई
म्यानमारका भुकम्प पिडितलाई नेपाली चर्च समुदायको सहयोग
Lokmani Rijal
देश पोष्ट /जापान । म्यानमारमा २०२५ मार्च २८ मा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प पिडितहरुका लागि नेपाली चर्च समुदायले सहयोग गरेको छ । भूकम्प म्यानमारको इतिहासमा एक शताब्दीयताकै सबैभन्दा शक्तिशालीमध्ये एक मानिएको छ । यस भूकम्पबाट हालसम्म ३,७३५ जनाको मृत्यु भएको छ भने,५,१०८ जना घाइते भएका छन्, र १२० जना अझै बेपत्ता छन् । भूकम्पले म्यानमारका छ वटा क्षेत्रहरूमा व्यापक क्षति पुर्याएकाेछ, जसमा राजधानी नेप्यिडो पनि समावेश छ । यसले ६५,००० भन्दा बढी संरचनाहरू, जस्तै घर, विद्यालय, धार्मिक स्थल, अस्पताल, र सडकहरू ध्वस्त पारेको छ । यस भूकम्पले म्यानमारको पहिले नै
















