यलम्बरको शालिक निर्माण कम्पनीलाई
यलम्बरको शालिक निर्माण कम्पनीलाई रकम भुक्तानी गर्न नसक्दा उद्घाटन अन्यौलमा
Lokmani Rijal
देश पोष्ट /खोटाङ । जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा निर्माणधिन बिश्वकै अग्लो प्रथम किराती राजा यलम्बरको ११० फिट अग्लो पूर्ण कदको प्रतिमा सहितको यलम्बर पार्क (उद्यान) निर्माण सम्पन्न भएपनि निर्माण कम्पनीलाई रकम भुक्तानी गर्न नसक्दा उद्घाटन अन्यौलमा परेको छ । कोशी प्रदेश सरकारको ७० र दिक्तेल रुपाकोट मझुवागी नगरपालिकाले ३० प्रतिशत लगानी गरी करिब रु १४ करोड लागतमा फाइबर प्रयोग गरेर निर्माणको काम पूरा गर्ने सम्झौता अनुसार यलम्बरको शालिकसहितको पार्क ठेकेदार कम्पनी उमा–तुवाचुङ–अनसुवी जेभीले निर्माण सम्पन्न गरिसेको भएपनि भुक्तानी हुन नसक्दा उद्घाटन अन्यौलमा परेको जानकारी प्राप्त भएको छ ।
















