यस्तो छ रास्वपा महाधिवेशनको बन्दसत्र तालिका
यस्तो छ रास्वपा महाधिवेशनको बन्दसत्र तालिका
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । चितवनमा रास्वपाको महाधिवेशन बन्दसत्र बिहान ८ बजेबाट सुरु गर्ने भनिए पनि प्रतिनिधिहरूको उपस्थिति र ब्रेकफास्टका कारण केही ढिला गरी मात्रै सुरु हुने देखिएको छ । बन्दसत्रमा केन्द्रीय समितिबाट पारित भएको विधान संशोधन प्रस्ताव, सांगठनिक तथा राजनीतिक प्रतिवदेन, आर्थिक प्रतिवेदनहरु पेश गर्ने कार्यक्रम छ । रास्वपा निर्वाचन आयोगले आज दिउँसो १ बजेदेखि मात्रै औपचारिक निर्वाचनको कार्यक्रम थाल्ने तयारी गरेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीको भनाई रहेको छ । बन्दसत्रले पार्टीको नयाँ नेतृत्व चयन गर्ने छ । सर्वसम्मत रुपमा रवि लामिछानेलाई नै सभापतिमा निरन्तरता दिने तयारी छ
















