युरोकप
युरोकपमा हङ्गेरीले स्कटल्यान्डलाई हरायो
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । गएराति स्टटगार्टमा भएको समूह ’ए’ को खेलमा हङ्गेरीले स्कटल्यान्डलाई १–० गालले हराएको छ । हङ्गेरीले तीन खेलमा तीन अङ्कसहित तेस्रो स्थानमा उक्लिएको छ । स्कटल्यान्ड तीन खेलमा एक अङ्कसहित पुछारमा छ । यस्तै गएराति नै फ्र्याङ्कफर्टमा भएको यही समूहको अर्को खेलमा स्विट्जरल्यान्ड र जर्मनीले बराबरी खेलेर अङ्क बाडेका छन् । स्विट्जरल्यान्ड र जर्मनीले १–१ गोलको बराबरी खेलेका हुन् । जर्मनी तीन खेलमा सात अङ्कसहित शीर्ष स्थानमा छ । जर्मनी अन्तिम १६ मा पुगिसकेको छ । स्विट्जरल्यान्ड तीन खेलमा पाँच अङ्कसहित दोस्रो स्थानमा छ ।
युरोकपको अन्तिम १६ मा पुग्यो पोर्चुगल
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । पोर्चुगलले टर्कीलाई ३–० गोलले पराजित गर्दै युरोकप फुटबल २०२४ अन्तर्गत समूह ’एफ’को खेलमा पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ । पोर्चुगलको लागि बर्नाल्डो सिल्भा र बु्रुनो फर्नान्डेसले एक–एक गोल गरे । अर्को गोल भने उपहार पाएको हो । यो खेलमा तेस्रो गोलको लागि बु्रनोलाई पास उपलब्ध गराएसँगै क्रिस्टियानो रोनाल्डो युरोकपमा सर्वाधिक एसिस्ट दिने खेलाडी बनेका छन् । कीर्तिमानी छौटौंपल्ट युरोकप खेलिरहेका रोनाल्डोले सर्वाधिक आठ गोलका लागि पास उपलब्ध गराएका छन् । दुई खेलमा दुई जित हासिल गरेको पोर्चुगल छ अङ्कसहित शीर्ष स्थानमा रहेको छ ।
















