युवा संघ नेपाल
युवा संघ नेपालका केन्द्रीय सदस्य बिनोद राई द्धारा विद्यार्थीलाई झोला वितरण
Lokmani Rijal
देश पोष्ट/ खोटाङ । राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय समिति सदस्य एबं सामाजिक सेवा विभाग प्रमुख बिनोद राई संसारले विद्यार्थीहरुका लागि उपहार स्वरुप झोला वितरण गर्नु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका जिल्ला सदस्यसमेत रहनुभएका राईले दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. १ याम्खास्थित श्रीदेवी आधारभूत विद्यालय खमारेका कक्षा–१ देखि कक्षा–८ मा अध्ययनरत छात्र/छात्रालाई झोला वितरण गर्नुभएको हो । युवा नेता राईले आफ्नो व्यक्तिगत खर्चमा खरिद गरेर ल्याएको झोला बुधबार ६५ जना छात्र/छात्रालाई वितरण गर्नुभएको विद्यालय प्रशासनले जनाएको छ । युवा नेता राईले झोला उपलब्ध गराएपछि विद्यार्थीसमेत हर्षित भएका
















