रअ
नाकाबन्दी लगाउने र मलाई खेद्ने पात्र एकै हुन्ः प्रधानमन्त्री ओली
Lokmani Rijal
देशपाेष्ट/काठमाण्डाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा नाकाबन्दीको बेला त्यसको डटेर सामना गर्दा सरकार नै ढलेको जस्तै अहिले पनि षड्यन्त्र भएको दाबी गरेका छन् । साेमबार दिउँसाे देशवासीका नाममा सम्बोधन गर्दै ओलीले विगतमा राष्ट्रियताका पक्षमा काम गर्दा सरकार ढलेको र अहिले पनि राष्ट्रियताकै पक्षमा लाग्दा विगतकै पात्रले आफूलाई अफ्ठेरोमा पारेको बताए । ‘परिस्थिति र समय फरक भए पनि पात्र यिनै हुन्, कतिपय नेताहरु नेपाललाई अनन्त अस्थिरतातर्फ धकेल्न लागिपरेको प्रष्ट हुन्छ’, ओलीले भनेका छन् । तत्कालीन माओवादी र एमाले एकजुट भएर चुनाव लडेको तर नतिजापछि आफूलाई खेद्ने, सरकार बनाउनै नदिने, विभिन्न
















