रक्षाबन्धन
दिनभर जुनसुकै बेला पनि रक्षाबन्धन गर्न मिल्ने
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । आजका दिन श्रावण शुक्ल पूर्णिमा,आज बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्ने परम्परा रहि आएको छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । आज जुनसुकै बेला रक्षाबन्धन गर्न मिल्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । उहाँका अनुसार विशिष्ट व्यक्तिले मात्र भद्रा कटाइ दिनको १ बजेर ३१ मिनेटपछि रक्षाबन्धनको कर्म गर्नु उपयुक्त हुन्छ ।
















