रविन्द्र ढाँट
रविन्द्र ढाँटद्धारा नेपाली मिक्स मार्सल आर्टमा एउटा इतिहाँसको जन्म
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । रविन्द्र ढाँटद्धारा नेपाली मिक्स मार्सल आर्टमा ‘रोड टू युएफसी’को सेमिफाइनलमा पुग्ने पहिलो नेपालीको रुपमा एउटा इतिहाँस रचेकाछन् । मकाउको ग्यालेक्सी एरेनामा हिजो भएको क्वाटरफाइनलमा ढाँटले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमा टेक्निकल नकआउटमार्फत पराजित गरे । उनी प्रतियोगिताको अन्तिम चारमा पुग्ने पहिलो नेपाली फाइटर बनेका छन् । खेलको शुरुदेखि नै आक्रामक शैलीमा खेलेका ढाँटले दोस्रो राउन्डको अन्त्यतिर लगातार स्ट्राइक प्रहार गरेका थिए । त्यसपछि रेफ्रीले खेल रोकेका थिए । अल्टिमेट फाइटिङ च्याम्पियनसिप (युएफसी)को आधिकारिक नतिजाअनुसार उनले ‘ग्राउन्ड एन्ड पाउन्ड’ मार्फत जित दर्ता गरेका हुन् । सेमिफाइनलमा ढाँटले
















