रसुवा बाढी क्षतिग्रस्त स्थलगत अवलोकनबाट फर्किएलगत्तै
रसुवा बाढी क्षतिग्रस्त स्थलगत अवलोकनबाट फर्किएलगत्तै प्रधानमन्त्री एक्सनमा
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । रसुवा बाढी क्षतिग्रस्त स्थलगत अवलोकनबाट फर्किएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक राख्दै एक्सनमा उत्रिनुभएको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, रसुवागढीमा आएको आकस्मिक बाढीबाट भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बेपत्ता स्वदेशी र विदेशी व्यक्तिको सकुशल खोज–उद्धार कार्यलाई निरन्तरता सहित थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । बाढीको सम्भावित कारण र हालसम्म प्राप्त क्षतिको विवरणको जानकारी लिँदै दुर्घटनामा जीवन गुमाएकाहरूमा हार्दिक श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको छ । बैठकले जोखिमपूर्ण स्थितिमा खोज र उद्धारमा
















