राजदूत
सरकारले गरेको ८ देशको राजदूत कस्को भागमा को परे ? हेर्नुहोस् ।
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । मन्त्रिपरिषद्को हिजोको बैठकले भारत र अमेरिकासहित ८ देशका लागि राजदूत सिफारिस गरेको छ । भारत, अमेरिका, दक्षिण कोरिया, डेनमार्क र मलेसिया एमालेको भागमा परेको छ । जसपाको भागमा साउदी अरब र स्पेन तथा माओवादीको भागमा बेलायत परेको छ । दुई वटा राजदूतको कोटा पाएको रास्वपाले अझै नाम टुङ्गो लगाएको छैन । भारतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी र अमेरिकाका लागि चन्द्र घिमिरेलाई सिफारिस गर्ने निर्णय गरेको हो । दक्षिण कोरियाका लागि मानव अधिकारवादी सुशील प्याकुरेल सिफारिस हुनुभएको छ । डेनमार्कका लागि सुम्निमा तुलाधर, मलेसियाका लागि नेत्रप्रसाद
















