रातो मच्छेन्द्रनाथको भोटो देखाउदै
रातो मच्छेन्द्रनाथको भोटो देखाउदै जावलाखेल जात्रा मनाइने
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । भूत र प्रेतलाई खाना दिने विश्वासका साथ जावलाखेल जात्राका रुपमा मनाइने वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीको भनाई रहेको छ । मच्छेन्द्रनाथको यात्रा भने करिब एक हजार ३०० वर्ष अघि नै सुरु भएको हो । किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी
















