रावासावा पुरस्कार चाम्लिङ र परियारलाई
यसबर्षको रावासावा पुरस्कार चाम्लिङ र परियारलाई
Lokmani Rijal
देश पोष्ट /खोटाङ । रावासावा प्राज्ञिक समाज खोटाङका दुईजना व्यक्तिलाई पुरस्कृत तथा चारजनालाई सम्मान गर्ने भएको छ । आगामी असोज पहिलो साता काठमाडौँमा आयोजना हुने रावासावा प्राज्ञिक समाजको १२ औँ साधारणसभा तथा सातौँ अधिवेशन उद्घाटन कार्यक्रमको अवसर पारेर ‘रावासावा पुरस्कार–२०८२’ वरिष्ठ गीतकार एवम् कवि टीका चाम्लिङ र हास्यकलाकार एवम् साहित्यकार गोकुल परियारलाई प्रदान गरिने आयोजकले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका वरिष्ठ सँगीतकार एवम् कवि चाम्लिङलाई ‘रावासावा कमलाभक्त कला पुरस्कार–२०८२’ र खोटेहाङ गाउँपालिका– ८ सिम्पानीका हास्यकलाकार एवम् साहित्यकार परियारलाई ‘रावासावा कमलाभक्त साहित्य पुरस्कार–२०८२’ प्रदान गर्ने निर्णय गरिएको प्राज्ञिक
















