राष्ट्रियसभा र प्रतिनिधिसभाको आज बैठक बस्दै
राष्ट्रियसभा र प्रतिनिधिसभाको आज बैठक बस्दै
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । आज राष्ट्रियसभा र प्रतिनिधिसभाको आज बैठक बस्दैछ, जसमा विभिन्न विधेयकहरू पेश हुने कार्यसूचि रहेको छ । प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा, भने राष्ट्रियसभाको बैठक दिउँसो १२ः१५ बजे बस्ने भएको हो । प्रतिनिधिसभामा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पेस गरी पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । साथै गृह, श्रम, युवा तथा खेलकुद र वन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमाथि सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन् । बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी
















