राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने
राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । राष्ट्रिय गौरवको ड्रिम आयोजना काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोक टोटीपाखाबाट सुरु भई धादिङको धुनिबेँसी नगरपालिकास्थित सिस्नेखोलामा पुगेर टुंगिने सुरुङमार्ग सोमबार आज औपचारिक रूपमा उद्घाटन हुने जानकारी प्राप्त भएको छ । आयोजना निर्माणका लागि जापान सरकारको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको लगानी गरी करिब २५ अर्ब रुपैयाँ खर्च भएको छ । आयोजनाका लागि ४८० रोपनी जग्गा अधिग्रहण गरिएको थियो । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गर्न लागेको खबर प्राप्त भएको हो
















