राष्ट्र बैंक द्वारा स्वाप कारोबार
राष्ट्र बैंक द्वारा स्वाप कारोबार विनियमावली जारी
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले विदेशी मुद्रामा लिएको ऋणको जोखिम कम गर्न स्वाप कारोबार विनियमावली जारी गरेको छ । राष्ट्र बैंकले हिजो जारी गरेको स्वाप कारोबार विनियमावलीअनुसार बैंक तथा वित्तीय संस्थाले विदेशबाट विदेशी मुद्रामा लिएको ऋण केन्द्रीय बैंकले खरिद गर्नेछ भने बैंकहरूले विदेशी ऋणदातालाई साँवा–ब्याज भुक्तानी प्रयोजनका लागि राष्ट्र बैंकबाट विदेशी मुद्रा खरिद गर्नेछन् । विदेशी विनिमय सटहीदरको उतारचढाबका कारण बैंक तथा वित्तीय संस्थाले विदेशी ऋणदातासँग लिएको ऋणको जोखिम बढेपछि राष्ट्र बैंकले विनियमावली जारी गरेको हो । यसअनुसार राष्ट्र बैंक र काउन्टरपार्टीबीच खरिद–बिक्री सम्झौता
















