रास्वपाको महाधिवेशन लक्षित सचिवालय बैठक बस्दै
रास्वपाको महाधिवेशन लक्षित सचिवालय बैठक बस्दै
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी केन्द्रीय कार्यालय चःमतिमा आज साँझ ६ बजेलाई तय गरिएको सचिवालय बैठकका ६ वटा कार्यसूची रहेको प्रवक्ता मनिष झाले जानकारी दिएकाछन् । आजको बैठकले पार्टी महाधिवेशनअन्तर्गत् कार्यतालिका ल्याउने छ । केही दिनअघि बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनसम्बन्धी कार्यविधि पारित गरेसँगै रास्वपा महाधिवेशनमा केन्द्रित हुन लागेको हो । रास्वपाले पहिलो महाधिवेशन भदौभित्रै गर्ने गरी यसअघि नै निर्णय गरिसकेको छ । २०७९ साल असार ७ गते गठन भएको रास्वपाको पहिलो महाधिवेशन विभिन्न मितिमा गर्ने भनेर निर्णय हुँदै आए पनि धकेलिँदै आएको छ ।
















