रास्वपाको राष्ट्रिय भेला
महाधिवेशनको मिति तय गर्नेगरी रास्वपाको राष्ट्रिय भेला हुदैं ।
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको मिति तय गर्नेगरी केन्द्रीय परिषद्को राष्ट्रिय भेला आजबाट सुरू हुँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठानमा दुई दिन सम्म चल्ने भेलाको उद्घाटन आज बिहान ११ बजे हुनेछ । केन्द्रीय परिषद्को प्रथम राष्ट्रिय भेलामा करिब १५ सय प्रतिनिधि सहभागी हुने कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । भेलामा विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन, पार्टीका निकायका प्रतिवेदनलगायत दस्तावेज पेश हुनेछ । पार्टीको गत साउन १८ र १९ गते काठमाडौंमा भएको बन्द कार्यशालाले असोजमा राष्ट्रिय भेला र वैशाख तेस्रो साता पहिलो महाधिवेशन गर्ने निष्कर्ष
















