रास्वपा पालिका सभापतिसहित
रास्वपा पालिका सभापतिसहित ३० नेता,कार्यकर्ता ले पार्टी छोडे ।
Lokmani Rijal
देश पोष्ट /खोटाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटेहाङ गाउँपालिकाका सभापति प्रदीप आचार्य सहित ३० जना नेता तथा कार्यकर्ताले पार्टी छोडेर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रोजेकाछन् । पार्टीका केन्द्रीय नेताहरुको कार्यशैलि तथा पार्टीको नीति जनपक्षीय नभएको भन्दै सभापति आचार्यसहितका नेता तथा कार्यकर्ताहरु बिहीबार माओवादी केन्द्रमा पार्टी प्रबेश गरेको जानकारी प्राप्त भएको छ । माओवादी केन्द्रले खोटेहाङमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) गाउँपालिका पार्टी सचिवालय सदस्य एवम् एमालेबाट खोटेहाङ गाउँपालिका–४ बडकादियालेमा निर्वाचित वडा सदस्य किरण राई, एमाले गाउँपालिका पार्टी सचिवालय सदस्य प्रकाश कटुवालसमेतले पार्टी परित्याग गरी
















