रिट खारेज
के.पी.ओलीलाई गलत धारा प्रयोग गरेर प्रधानमन्त्री नियुक्त गरिएको भनी हालिएको रिट खारेज
Lokmani Rijal
देश पोष्ट /काठमाडौं । प्रधानमन्त्री के.पी.शर्मा ओलीलाई गलत धारा प्रयोग गरेर प्रधानमन्त्री नियुक्त गरिएको भनी हालिएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा ओलीको नियुक्ति असंवैधानिक भन्दै रिट दायर भएको थियो । प्रधानमन्त्रीमा ओलीलाई गलत धारा प्रयोग गरेर नियुक्त गरिएको भन्दै गत साउन १४ गते तीन वटा रिट दर्ता गरिएका थिए । ती रिटमाथि सुनुवाइका लागि प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको अध्यक्षतामा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना मल्ल प्रधान, कुमार रेग्मी र प्रकाशकुमार ढुंगाना सदस्य रहेको संवैधानिक इजलास गठन गरिएको
















