रेल स्टेशन भवन
सञ्चालनमा आयो विश्वकै पहिलो थ्री डी रेल स्टेशन भवन जापानमा
Lokmani Rijal
देश पोष्ट /जापान । विश्वकै पहिलो थ्री डी प्रिन्टवाला रेल स्टेशन भवन बाट सेवा प्रवाह सञ्चालनमा आएको छ । रेल प्रविधिमा निरन्तर नवीनता ल्याउने प्रयास स्वरुप जापानको जेआर वेस्टले निर्माण गरेको विश्वकै पहिलो ३ डी प्रिन्ट गरिएको रेल स्टेशन भवन पूर्ण रूपमा तयार गरी सञ्चालनमा ल्याएको जनाएको छ । नविनतम प्रविधि प्रयोग गरिएको यो भवन वाकायामा प्रान्तको अरिदा शहरस्थित जेआर केसेइ मुख्य लाइनको हाचुसिमा स्टेशनमा जुलाई २२ देखि यात्रुहरूको सेवा सुरु गरिसकेको छ । यो परियोजना सुरु भएको केही महिनामै सम्पन्न भएको हो, जुन ३डी प्रिन्टिङ प्रविधिको तीव्र गति र
















